गृह पृष्ठ मेलापत २४ घण्टामा ३ हजार ७ सय ४९ जनामा काेराेना सङ्क्रमण, ५ हजार...

२४ घण्टामा ३ हजार ७ सय ४९ जनामा काेराेना सङ्क्रमण, ५ हजार जनाभन्दा धेरै निकाे

काठमाण्डाै – पछिल्लो २४ घण्टामा देशभर तीन हजार सात सय ४९ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । नौ हजार नौ सय एक जनाको पीसीआर परीक्षण गर्दा दुई हजार आठ सय ७४ जना र पाँच हजार तीन सय ३७ जनाको एन्टिजेन परीक्षण गर्दा आठ सय ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।योसँगै नेपालमा पीसीआर विधिबाट ६ लाख एक हजार ६ सय ८७ जना र एन्टिजेन विधिबाट १७ हजार सात सय १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।यस्तै पछिल्लो २४ घण्टामा पाँच हजार दुई सय ९३ जना निको भएसँगै निको हुनेको सङ्ख्या पाँच लाख १५ हजार पाँच सय ९१ पुगेको छ ।

यस्तै थप ५९ जनासहित कोरोना सङ्क्रमणबाट नेपालमा अहिलेसम्म आठ हजार दुई सय ३८ जनाले ज्यान गुमाएका छन् ।अहिले ७७ हजार आठ सय ५८ जना सक्रिय सङ्क्रमित छन्

छुटाउनुभयो कि?

पर्वतको मुडिकुवामा पहिरोले घर पुरिँदा एक बालिकाको मृत्यु

पर्वत,२९ भदौ - पर्वतको फलेवास नगरपालिका वडा नं. ४ मुडिकुवा स्थित शिर्शुवामा पहिरोले घर पुरिँदा एक बालिको मृत्यु भएको छ ।स्थानीय नबिन विकको घर...

शिव अखेलिको शब्दमा ! सम्झना र बिक्रमको आवाजमा के छ का खबर?(भिडियो सहित)

काठमाण्डाै,१४ पौष -लोकप्रिय गायिका सम्झना लामिछाने मगरको आवाज रहेको निकै उत्कृष्ट गीत के छ का खबर सार्वजनिक भएको छ ।सम्झनालाई आवाजमा विक्रम रानाले साथ...

३ वर्षिया बालिकालाई जवरजस्ती गरेको आरोपमा पर्वतको रानीपानी बाट एक जना पक्राउ

पर्वत ,२७ कात्तिक–  पर्वतको विहादी गाउँपालिका वडा नं. ३ रानीपानीकी ३ वर्षिया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा...

बागलुङमा एक बर्षिया बालिका सहित ,आठ जनामा कोरोना संक्रमण पुष्टि

बागलुङ, ११ भदौ–बागलुङमा समुदायका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको बागलुङ नगरपालिकाका ७ जना र काठेखोला गाउँपालिकाका एक जनामा कोरोना संक्रमण...

देशको समृद्धिको आधार नै पर्यटन हो,सरकार लगानी गर्न आतुर छ : मन्त्री लम्साल

बागलुङ, २३ मंसिर– गण्डकी प्रदेशका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री बिकास लम्सालले गण्डकी सरकारले पर्यटनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् । मंगलवार बागलुङ...