गृह पृष्ठ विशेष अमेरिकामा रहेका मनकारी दाजुभाई हरि र कृष्णको सहयोगमा अमलाचौरका विपन्न २८ घरधुरीलाई...

अमेरिकामा रहेका मनकारी दाजुभाई हरि र कृष्णको सहयोगमा अमलाचौरका विपन्न २८ घरधुरीलाई खाद्ययान्न वितरण ।

पर्वत–कोरोना भाईरसको दोश्रो लहर भित्रिय संगै नेपाल सरकारले विभिन्न जिल्लाहरुमा निषेधाज्ञा जारि गरेको छ । निषेधाज्ञाका कारण दैनिक ज्याला मजदुरी गरेर खाने आम नागरीकहरु समस्यामा परेका छन् । धेरैलाई यतिवेला विहान खाए बेलुकी के खाउं र बेलुका खाए विहान के खाउं,र चुलो कसरी बालौ भन्ने चिन्ताले सताएको छ । यस्तै दुखमा परेका नेपाली दाजुभाईलाई सहयोग गर्ने सहयोगी मनहरु पनि भेटिन थालेका छन् । विहिवार बाग्लुङ्ग नगरपालिका १२ अमलाचौरमा एक कार्यक्रमका विच विपन्न परिवारलाई राहत वितरण गरिएको छ ।
बाग्लुङ्ग नगरपालिका १२ अमलाचौर कालुङगामा जन्मिएर हाल अमेरिकामा रहनुभएका दुई दाजुभाई हरि पौडेल,र कृष्ण पौडेलले आफ्ना स्वर्गिय बुवा खगेश्वर पौडेलको स्मृतिमा २८ घरधुरीलाई प्रतिघर एक बोरा चामल,२ के.जी दाल र एक पोका तेल वडा अध्यक्ष गुरुदत्त पाठकको हात बाट हस्तान्तरण गरिएको हो ।
राहत सामग्री हस्तान्तरण गर्दै वडा अध्यक्ष पाठकले अमालाचौरमा जन्मिएर अमेरीकामा रहेका पौडेल दाजुभाईले यो विपतको बेलामा निम्न आय स्रोत भएका परिवारलाई खाधन्न उपलव्ध गराएर ठुलो गुन लाएको भन्दै उहांहरुलाई धन्यवाद प्रकट गर्नुभयो । यता पौडेल दाजुभाईले भने “देशको बिभिन्न ठाउंमा सहयोगी संस्था मार्फत राहत वितरण गरेको र आज आफ्नै गाउंमा आफ्नो बुवाको सम्झनामा विपन्न परिवारलाई सहयोग हस्तान्तरण गर्न पाउंदा मन हर्षित भएको बताउनुभयो । आफुहरु दिनरात विदेशमा दुख गरेर कमाएको पैसाको केहि अंशले यो माहमारीको बेलामा दिन दुखिहरुलाई खाद्ययान्न हस्तान्तरण गरेको र आगमी दिनमा पनि कसैलाई समस्या परेमा संधै सहयोग गर्न तयार रहेको पौडेल दाजुभाईको भनाई छ । उसो त पौडेल दाजुभाई हरि पौडेल र कृष्ण पौडेलले यसभन्दा अगाडि पनि टुनिबोटका पहिरो पिंडितलाई केहि समय अगाडि राहत रकम हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा ने.क.पा एमालेका अध्यक्ष ज्ञानेन्द्र ढकाल,नेपाली कांग्रेसका पार्टि सभापति कोपिलामणि शर्मा,वडा सचिव भबिदत्त पन्त,पत्रकार कृष्ण अखेली,रेडियो कुशुमका कार्यक्रम संयोजक दिपेश विश्वकर्मा,सर्जक शिव अखेली,ईलाका प्रहरी कार्यलय बलेवाका प्रतिनिधी लगाएतको उपस्थिती रहेको थियो ।

छुटाउनुभयो कि?

पर्वतको मुडिकुवामा पहिरोले घर पुरिँदा एक बालिकाको मृत्यु

पर्वत,२९ भदौ - पर्वतको फलेवास नगरपालिका वडा नं. ४ मुडिकुवा स्थित शिर्शुवामा पहिरोले घर पुरिँदा एक बालिको मृत्यु भएको छ ।स्थानीय नबिन विकको घर...

शिव अखेलिको शब्दमा ! सम्झना र बिक्रमको आवाजमा के छ का खबर?(भिडियो सहित)

काठमाण्डाै,१४ पौष -लोकप्रिय गायिका सम्झना लामिछाने मगरको आवाज रहेको निकै उत्कृष्ट गीत के छ का खबर सार्वजनिक भएको छ ।सम्झनालाई आवाजमा विक्रम रानाले साथ...

३ वर्षिया बालिकालाई जवरजस्ती गरेको आरोपमा पर्वतको रानीपानी बाट एक जना पक्राउ

पर्वत ,२७ कात्तिक–  पर्वतको विहादी गाउँपालिका वडा नं. ३ रानीपानीकी ३ वर्षिया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा...

बागलुङमा एक बर्षिया बालिका सहित ,आठ जनामा कोरोना संक्रमण पुष्टि

बागलुङ, ११ भदौ–बागलुङमा समुदायका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको बागलुङ नगरपालिकाका ७ जना र काठेखोला गाउँपालिकाका एक जनामा कोरोना संक्रमण...

देशको समृद्धिको आधार नै पर्यटन हो,सरकार लगानी गर्न आतुर छ : मन्त्री लम्साल

बागलुङ, २३ मंसिर– गण्डकी प्रदेशका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री बिकास लम्सालले गण्डकी सरकारले पर्यटनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् । मंगलवार बागलुङ...