गृह पृष्ठ मेलापत १० लाख डोज खोप लिन नेपाल एअरलाइन्सकाे जहाज आज बेइजिङ जाँदै

१० लाख डोज खोप लिन नेपाल एअरलाइन्सकाे जहाज आज बेइजिङ जाँदै

काठमाण्डाै – चीनले नेपाललाई अनुदानमा दिने कोरोना भाइरसविरुद्धको खोप ल्याउन नेपाल एअरलाइन्सको जहाज आज बेइजिङ जाँदैछ । चीनले दिने १० लाख डोज खोप ल्याउन निगमको वाइडबडी जहाज आज राति साढे ११ बजे बेइजिङ जान लागेको नेपाल एअरलाइन्सले जनाएको छ ।जहाज भोलि दिउँसो नेपाल आइपुग्ने तालिका रहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले गएको बुधवार चिनियाँ राष्ट्रपति सि जिन पिङसँग टेलिफोन संवाद गरेर नेपाललाई खोप दिएर सहयोग गर्न अनुरोध गर्नुभएको थियो । राष्ट्रपतिको आग्रहलाई स्वीकार्दै चिनियाँ राष्ट्रपति सि ले तत्कालै १० लाख डोज खोप अनुदानमा दिने र नेपालले खरिद गर्ने खोपको लागि पनि सहजीकरण गर्ने बताउनुभएको थियो ।नेपालले चीनमा उत्पादित भेरोसेल खोपलाई प्रयोगको अनुमति दिएको छ । यसअघि चीनले दिएको ८ लाख डोज खोप प्रयोगमा आइसकेको छ । सरकारले अनुदानबाहेक भेरोसेल खोप खरिदको लागि पनि कूटनीतिक पहल गरिरहेको छ ।

छुटाउनुभयो कि?

पर्वतको मुडिकुवामा पहिरोले घर पुरिँदा एक बालिकाको मृत्यु

पर्वत,२९ भदौ - पर्वतको फलेवास नगरपालिका वडा नं. ४ मुडिकुवा स्थित शिर्शुवामा पहिरोले घर पुरिँदा एक बालिको मृत्यु भएको छ ।स्थानीय नबिन विकको घर...

शिव अखेलिको शब्दमा ! सम्झना र बिक्रमको आवाजमा के छ का खबर?(भिडियो सहित)

काठमाण्डाै,१४ पौष -लोकप्रिय गायिका सम्झना लामिछाने मगरको आवाज रहेको निकै उत्कृष्ट गीत के छ का खबर सार्वजनिक भएको छ ।सम्झनालाई आवाजमा विक्रम रानाले साथ...

३ वर्षिया बालिकालाई जवरजस्ती गरेको आरोपमा पर्वतको रानीपानी बाट एक जना पक्राउ

पर्वत ,२७ कात्तिक–  पर्वतको विहादी गाउँपालिका वडा नं. ३ रानीपानीकी ३ वर्षिया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा...

बागलुङमा एक बर्षिया बालिका सहित ,आठ जनामा कोरोना संक्रमण पुष्टि

बागलुङ, ११ भदौ–बागलुङमा समुदायका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको बागलुङ नगरपालिकाका ७ जना र काठेखोला गाउँपालिकाका एक जनामा कोरोना संक्रमण...

देशको समृद्धिको आधार नै पर्यटन हो,सरकार लगानी गर्न आतुर छ : मन्त्री लम्साल

बागलुङ, २३ मंसिर– गण्डकी प्रदेशका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री बिकास लम्सालले गण्डकी सरकारले पर्यटनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् । मंगलवार बागलुङ...