गृह पृष्ठ समाचार पर्वतमा ‘तपाईँको मास्क खोई’ अभियान शुरु

पर्वतमा ‘तपाईँको मास्क खोई’ अभियान शुरु

पर्वत,कोरोना भाईरसको दोस्रो लहरको संक्रमण रोक्न र समूदायमा सचेतना जगाउन पर्वतमा तपाईको मास्क खोई अभियान शुरु गरिएको छ ।?जिल्ला प्रहरी कार्यालय पर्वत र जिल्ला प्रशासन कार्यालयको सहकार्यमा तपाईको मास्क खोई अभियान शुरु भएको हो । पर्वतको कुश्मामा कोरोना संक्रमण फैलिँन नदिन अभियान स्वरुप गत वर्षनै टोलटोलमा होर्डिङ बोर्ड समेत राखिएको थियाये । भने यस पटक तपाईको मास्क खोई अभियान थालिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख विश्वराज अधिकारीले बतउानुभया ।
घरवाहिर निस्किँदा मास्क लगाउन, नियमित सावुनपानीले हात धुन, भौतिक दुरी कायम गर्न अनुरोध गर्दै आएको प्रहरीले मानिसहरुलाई सचेत गराउन गत वर्ष कुश्मा नगरपालिकाको सहयोगमा ठूला ठूला व्यानर टाँसेर सचेत बनाएको थियो ।सामान्यतः मानिसहरुले मास्क लगाउन झ्याउ मान्ने, लगाउन अटेरी गर्ने गरेका कारण प्रहरीले नै कारबाही गर्नु पर्ने बाध्यता छ । तपाईँको मास्क खोई अभियानले मानिसहरुलाई नैतिक दवाव दिन खोजिएको छ । अरु जिल्लामा दिनहुं कोरोना संक्रमितको दर बढ्नुको मुल कारण हेलचेक्राईका साथ मास्क नलगाई हिडडुल गर्ने, स्यानिटाईजर प्रयोग नगर्ने र सामाजिक दुरी कायम नगर्नु नै मूख्य कारण रहेको प्रहरी नायब उपरिक्षक अधिकारीले बताउनुभयो । उहाँका अनुसार पर्वतमा मास्क नलगाउने १६९६ जनालाई सम्झाईबुझाई गरि पठाईएको छ भने ४१ जनालाई जरिवाना तिराईएको छ ।?
पर्वतमा सबै सचेत भएमा कोरोना नफैलिने आफुहरुको ठहर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक विश्वराज अधिकारीले बताउनुभयो । प्रहरीले भनिरहनुभन्दा सर्वसाधारण आँफैले जानेबुझेर स्वास्थ्य सुरक्षा अपनाउनुपर्नेमा अधिकारीले जोड दिनुभयो

छुटाउनुभयो कि?

पर्वतको मुडिकुवामा पहिरोले घर पुरिँदा एक बालिकाको मृत्यु

पर्वत,२९ भदौ - पर्वतको फलेवास नगरपालिका वडा नं. ४ मुडिकुवा स्थित शिर्शुवामा पहिरोले घर पुरिँदा एक बालिको मृत्यु भएको छ ।स्थानीय नबिन विकको घर...

शिव अखेलिको शब्दमा ! सम्झना र बिक्रमको आवाजमा के छ का खबर?(भिडियो सहित)

काठमाण्डाै,१४ पौष -लोकप्रिय गायिका सम्झना लामिछाने मगरको आवाज रहेको निकै उत्कृष्ट गीत के छ का खबर सार्वजनिक भएको छ ।सम्झनालाई आवाजमा विक्रम रानाले साथ...

३ वर्षिया बालिकालाई जवरजस्ती गरेको आरोपमा पर्वतको रानीपानी बाट एक जना पक्राउ

पर्वत ,२७ कात्तिक–  पर्वतको विहादी गाउँपालिका वडा नं. ३ रानीपानीकी ३ वर्षिया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा...

बागलुङमा एक बर्षिया बालिका सहित ,आठ जनामा कोरोना संक्रमण पुष्टि

बागलुङ, ११ भदौ–बागलुङमा समुदायका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको बागलुङ नगरपालिकाका ७ जना र काठेखोला गाउँपालिकाका एक जनामा कोरोना संक्रमण...

देशको समृद्धिको आधार नै पर्यटन हो,सरकार लगानी गर्न आतुर छ : मन्त्री लम्साल

बागलुङ, २३ मंसिर– गण्डकी प्रदेशका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री बिकास लम्सालले गण्डकी सरकारले पर्यटनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् । मंगलवार बागलुङ...