गृह पृष्ठ विशेष थापाठाना भिडाबारीमा चैतेदशैँ मेला सम्पन्न !युवा पलायन रोक्नु पर्ने काङ्ग्रेस नेता थमानसिहं...

थापाठाना भिडाबारीमा चैतेदशैँ मेला सम्पन्न !युवा पलायन रोक्नु पर्ने काङ्ग्रेस नेता थमानसिहं थापाको भनाई

पर्वत– युनाइटेड खेलकुद समुह थापाठाना भिडाबारीले चैतेदशैँको अवसरमा आयोजना गरेको विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । थापाठानामै रहेको मिलन युवा क्लबको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।खेलकुद तर्फ खुल्ला पुरुष भलिभल प्रतियोगितामा नेवारी खाजा घर प्रथम, आयोजक युनाइटेड खेलकुद समुह द्धितिय र फलेवास देविस्थान तृतिय भएका छन् । प्रथम,द्धितिय र तृतिय हुने समुहले क्रमश ३० हजार,२० हजार,१० हजार कप,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

समापन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी नेपाली काग्रेसका जिल्ला सदस्य एबम नेपाली काङ्ग्रेस थापाठानाका पार्टी सभापती थमानसिहं थापाले युबा नै समाजको मेरुदण्ड भयकोले युबा अब बिदेश पलायन होइन गाउमै रोजगारी संग जोडिनु पर्ने बताउनु भयो,साथै उहाले खेलकुदको क्षेत्रमा राज्यले खेलाडी हरुलाइ प्रोत्साहन गर्नको लागि खेल क्षेत्रमा लगानी गर्नु पर्ने र विश्वसामु नेपालको झन्डा फराउन खेलाडिहरुको ध्यन केन्द्रित गर्नु पर्नेमा समेत जोड दिनु भयो! कार्यक्रममा जनजागृत आधारभुत विद्यालयका प्रअ डिल बहादुर क्षेत्री, डहरे देउराली बहुउदेश्य सहकारी संस्थाका अध्यक्ष तथा तरुण दल फलेवास नगरपालिकाका सहकोषध्यक्ष आकाश क्षेत्री लगायतले शुभकामना मनतव्य राख्नुभएको थियो ।

कार्यक्रममा चर्चित लोकदोहोरी गायक कृष्ण अखेली र गायिका नविना सुवेदीको बेजोड साँस्कृतिक प्रस्तुति रहेको थियो ।
कार्यक्रम संयोजक अनिल क्षेत्रीको सभापतित्वमा सम्पन्न भयको उक्त कार्यक्रमको सन्चालन मिलन युबा क्ल्बका अध्यक्ष भानु प्रकाश थापाले गर्नु भयको थियो,युनाइटेड खेलकुद समुहका अध्यक्ष मिलन भण्डारी ,कार्यक्रम संयोजक र प्रमुख अतिथीको हात बाट बिजयी खेलाडीहरुलाई मेडल र पुरस्कार बितरन गरियको हो!

छुटाउनुभयो कि?

पर्वतको मुडिकुवामा पहिरोले घर पुरिँदा एक बालिकाको मृत्यु

पर्वत,२९ भदौ - पर्वतको फलेवास नगरपालिका वडा नं. ४ मुडिकुवा स्थित शिर्शुवामा पहिरोले घर पुरिँदा एक बालिको मृत्यु भएको छ ।स्थानीय नबिन विकको घर...

शिव अखेलिको शब्दमा ! सम्झना र बिक्रमको आवाजमा के छ का खबर?(भिडियो सहित)

काठमाण्डाै,१४ पौष -लोकप्रिय गायिका सम्झना लामिछाने मगरको आवाज रहेको निकै उत्कृष्ट गीत के छ का खबर सार्वजनिक भएको छ ।सम्झनालाई आवाजमा विक्रम रानाले साथ...

३ वर्षिया बालिकालाई जवरजस्ती गरेको आरोपमा पर्वतको रानीपानी बाट एक जना पक्राउ

पर्वत ,२७ कात्तिक–  पर्वतको विहादी गाउँपालिका वडा नं. ३ रानीपानीकी ३ वर्षिया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा...

बागलुङमा एक बर्षिया बालिका सहित ,आठ जनामा कोरोना संक्रमण पुष्टि

बागलुङ, ११ भदौ–बागलुङमा समुदायका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको बागलुङ नगरपालिकाका ७ जना र काठेखोला गाउँपालिकाका एक जनामा कोरोना संक्रमण...

देशको समृद्धिको आधार नै पर्यटन हो,सरकार लगानी गर्न आतुर छ : मन्त्री लम्साल

बागलुङ, २३ मंसिर– गण्डकी प्रदेशका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री बिकास लम्सालले गण्डकी सरकारले पर्यटनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् । मंगलवार बागलुङ...