गृह पृष्ठ राजनीति नेकपा एमाले पर्वतको बैठक सम्पन्न, बहुमत सदस्य सहभागि, सदस्यता नविकरण थाल्ने

नेकपा एमाले पर्वतको बैठक सम्पन्न, बहुमत सदस्य सहभागि, सदस्यता नविकरण थाल्ने

 

 

पर्वत-नेकपा एमाले पर्वतको जिल्ला कमिटि वैठक बिहीवार कुश्मामा सम्पन्न भएको छ । सर्वोच्च अदालतले साविक एमाले र माओवादी पूर्ववत अवस्थामा फकाईदिएपछि पार्टी कार्यालयमा पहिलोपटक बसेको वैठकले विभिन्न निणर्य गरेको छ । वैठकले पूर्ववत अवस्थामा नेकपा एमालेको सदस्यता नविकरण अभियान संचालन गर्ने, साविक एमालेका सवै कमिटिहरुलाई यथावत रुपमा परिचालन गर्ने निणर्य गरेको छ । त्यसैगरी पार्टी एकतालाई जोगाउनका निम्ति सवैलाई एकतावद्ध हुन तथा नेकपा हुँदाका कमिटिमा रहेका नेता तथा कार्यकर्ताहरुलाई पनि एमालेमै रहन अपिल गर्ने निणर्य भएको नेता गोविन्द पहाडीले जानकारी दिनुभयो । बैठकमा साविक एमालेका ४२ जना जिल्ला कमिटि सदस्यहरुको सहभागिता रहेको थियो ।

एमालेका जिल्ला अध्यक्ष पदम गिरीको अध्यक्षतामा सम्पन्न वैठकमा एमाले केन्द्रीय सदस्य तथा प्रदेश कमिटि अध्यक्ष जगत विश्वकर्मा, गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्साल, प्रदेश कमिटि सदस्य मेघनाथ सुवेदी, मनोहर बि पौडेल, प्रेम लामिछाने, देवेन्द्र पाण्डे, राम गिरी लगायतको पनि सहभागिता रहेको थियो ।
७२ जना जिल्ला कमिटि मध्ये ४२ जनाको सहभागिता रहेको पहाडीले बताउनुभयो ।

छुटाउनुभयो कि?

पर्वतको मुडिकुवामा पहिरोले घर पुरिँदा एक बालिकाको मृत्यु

पर्वत,२९ भदौ - पर्वतको फलेवास नगरपालिका वडा नं. ४ मुडिकुवा स्थित शिर्शुवामा पहिरोले घर पुरिँदा एक बालिको मृत्यु भएको छ ।स्थानीय नबिन विकको घर...

शिव अखेलिको शब्दमा ! सम्झना र बिक्रमको आवाजमा के छ का खबर?(भिडियो सहित)

काठमाण्डाै,१४ पौष -लोकप्रिय गायिका सम्झना लामिछाने मगरको आवाज रहेको निकै उत्कृष्ट गीत के छ का खबर सार्वजनिक भएको छ ।सम्झनालाई आवाजमा विक्रम रानाले साथ...

३ वर्षिया बालिकालाई जवरजस्ती गरेको आरोपमा पर्वतको रानीपानी बाट एक जना पक्राउ

पर्वत ,२७ कात्तिक–  पर्वतको विहादी गाउँपालिका वडा नं. ३ रानीपानीकी ३ वर्षिया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा...

बागलुङमा एक बर्षिया बालिका सहित ,आठ जनामा कोरोना संक्रमण पुष्टि

बागलुङ, ११ भदौ–बागलुङमा समुदायका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको बागलुङ नगरपालिकाका ७ जना र काठेखोला गाउँपालिकाका एक जनामा कोरोना संक्रमण...

देशको समृद्धिको आधार नै पर्यटन हो,सरकार लगानी गर्न आतुर छ : मन्त्री लम्साल

बागलुङ, २३ मंसिर– गण्डकी प्रदेशका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री बिकास लम्सालले गण्डकी सरकारले पर्यटनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् । मंगलवार बागलुङ...