गृह पृष्ठ मेलापत ठानामौलामा १ दिने निःशूल्क स्वस्थ्य शिविर सम्पन्न, १६० भन्दा वढि विरामी लाभाम्वित

ठानामौलामा १ दिने निःशूल्क स्वस्थ्य शिविर सम्पन्न, १६० भन्दा वढि विरामी लाभाम्वित

पर्वत,कुश्मा- पर्वतको फलेवास नगरपालिका ८ ठानामौलामा १ दिने निःशूल्क स्वस्थ्य शिविर कार्यक्रम सुक्रवार सम्पन्न भएको छ ।  पर्वत चार भञ्ज्याङ सेवा केन्द्रले चार भञ्ज्याङ स्वस्थ्य केन्द्र टेलिमेडिसिनमा आयोजना गरेको उक्त शिविरमा  १६० जना विरामीले स्वस्थ्य सेवा प्राप्त गरेका छन् । शिविरको उत्घाटन गर्दै प्रमुख अतिथी पर्वत अस्पतालका अध्यक्ष गोविन्द पहाडीले ग्रामिण क्षेत्रमा आयोजना गरिएको स्वस्थ्य शिविरले प्रतक्ष रुपमा विपन्न समुदायलाई फाईदा पुग्ने वताउदै आयोजक संस्थालाई धन्यवाद दिदै पर्वत अस्पतालमा सवैको पहुचपुग्ने गरि सेवा प्रदान गरेको वताउनुभयो । साथै उहाले विपन्न समुदायले स्वस्थ्य विमा गर्दा उपचारमा सहुलियत हुनेहुदा स्वस्थ्य विमा गर्न समेत अनुरोध गर्नूभयो ।

कार्यक्रममा फलेवास नगरपालिका ८ नं. वडा का अध्यक्ष मन वहादुर कुवंर , स्वस्थ्य चौकी इन्चार्ज लक्ष्मी सुवेदी टेलिमेडिसिन व्यवस्थापन समितिका अध्यक्ष डिल्ली प्रसाद ुसुवेदी लगाएतले मन्तव्य राख्नु भएको थियो । पर्वत अस्पतालको प्राविधिक सहयोग तथा स्वस्थ्य कार्यालय पर्वतको सहयोगमा सम्पन्न उक्त शिविरमा फिजिसियन सेवा , इसीजी , भिडियो एक्सरे सेवा तथा दातको उपचार सेवा प्रदान गरिएको अयोजक संस्थाले जानकारी दिएको छ । स्वस्थ्य शिविरमा पर्वत अस्पतालका डा. डिवी क्षेत्री  डा. सन्दिप  सुवेदी डा. मानव तिवारी डा.नविन सुवेदीले निशूल्क स्वस्थ्य सेवा प्रदान गर्नुभएको थियो ।

हरेक वर्ष ग्रामिण क्षेत्रमा विदेशी विषेशज्ञ डाक्टरको उपस्थितीमा स्वास्थ्य शिविर आयोजना गर्दै आएको यस संस्थाले यस वर्षभने कोभिड १९ का कारण  विदेशी डाक्टरको उपस्थिती हुन नसकेपनि पर्वत अस्पताको सहयोगमा शिविर आयोजना गरेको हो ।

संस्थाले संचालन गरेको चार भञ्ज्याङ स्वस्थ्य केन्द्र टेलिमेडिसिनमा नियमित रुपमा विदेशी विषेशज्ञ डाक्टरहरुले अनलाईन मार्फत टेलिमेडिसिन सेवा दिईरहेको व्यवस्थापक रोशन गूरुङले वताउनु भयो । पर्वत चार भञ्ज्याङ सेवा केन्द्रका अध्यक्ष सु. डम्मर व. गुरुङको अध्यक्षतामा आयोजना भएको निःशूल्क स्वस्थ्य शिविर उद्घाटन कार्यक्रमको संचालन संस्थाका सचिव डिल व वि.क ले गर्नूभएको थियो ।

छुटाउनुभयो कि?

पर्वतको मुडिकुवामा पहिरोले घर पुरिँदा एक बालिकाको मृत्यु

पर्वत,२९ भदौ - पर्वतको फलेवास नगरपालिका वडा नं. ४ मुडिकुवा स्थित शिर्शुवामा पहिरोले घर पुरिँदा एक बालिको मृत्यु भएको छ ।स्थानीय नबिन विकको घर...

शिव अखेलिको शब्दमा ! सम्झना र बिक्रमको आवाजमा के छ का खबर?(भिडियो सहित)

काठमाण्डाै,१४ पौष -लोकप्रिय गायिका सम्झना लामिछाने मगरको आवाज रहेको निकै उत्कृष्ट गीत के छ का खबर सार्वजनिक भएको छ ।सम्झनालाई आवाजमा विक्रम रानाले साथ...

३ वर्षिया बालिकालाई जवरजस्ती गरेको आरोपमा पर्वतको रानीपानी बाट एक जना पक्राउ

पर्वत ,२७ कात्तिक–  पर्वतको विहादी गाउँपालिका वडा नं. ३ रानीपानीकी ३ वर्षिया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा...

बागलुङमा एक बर्षिया बालिका सहित ,आठ जनामा कोरोना संक्रमण पुष्टि

बागलुङ, ११ भदौ–बागलुङमा समुदायका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको बागलुङ नगरपालिकाका ७ जना र काठेखोला गाउँपालिकाका एक जनामा कोरोना संक्रमण...

देशको समृद्धिको आधार नै पर्यटन हो,सरकार लगानी गर्न आतुर छ : मन्त्री लम्साल

बागलुङ, २३ मंसिर– गण्डकी प्रदेशका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री बिकास लम्सालले गण्डकी सरकारले पर्यटनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् । मंगलवार बागलुङ...