गृह पृष्ठ मनोरन्जन किसानको पीडामा गायक शंकर पन्तको‘म त हजुर गाम्ले’(भिडियो सहित)

किसानको पीडामा गायक शंकर पन्तको‘म त हजुर गाम्ले’(भिडियो सहित)

तनहुँ । कृषि प्रधान मुलुकका किसान उब्जनी बेचेर आर्थिक सम्बृद्धी हासिल गर्न सक्ने अवस्थामा छैनन् । हात पाखुरा बजारेर दुई छाँक गर्जो सहजै टार्न मुस्किल छ । तिनै किसानको उत्पादन उपभोक्तासम्म पु¥याउने विचौलिया रातारात मालामाल बन्छन् । किसानलाई सरकारले उपलब्ध गराउने अनुदान पनि पहुँचवालाकै कब्जामा हुन्छ । वास्तविक किसानको ‘हातमा लाग्यो शुन्य !’ न बेलामा उत्पादित कृषि उपज बिक्छ । न उचित मुल्य पाउँछन् । अनुदानको पहुँचमा पुग्नु परको कुरो ।
‘बर्षभरी दुख ग¥यो बाँझो बारी खन्न
काउली फल्यो, बन्दा फल्यो, गोलभेँडा नि टन्न
घिरौलाले फुल खेल्यो, फल्न थाल्यो लौका
आयो की त जस्तो लाग्छ किसानीको मौका
आधी बारी रायो साग, आधी बारी तोरी
हरियाली बारी देख्दा खुशी मनैभरी
सबै टिपे बजार लगे अनि उठ्यो रिस
किसानीलाई दुई रुपियाँ, विचौलियालाई बिस…’
दिनरात नभनी माटोसँग पैंठेजोरी खेल्ने किसानको पीडालाई समेटेर लोक दोहोरी गायक शंकर पन्तले ‘म त हजुर गाम्ले’ बोलको गीत बजारमा ल्याएका छन् । यो गीतको शुक्रबार विमोचन गरियो ।
शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङ, उपमेयर सविता रसाइँलीले गीतको अडियो, भिडियोको विमोचन गरे । मेयर गुरुङले जनप्रतिनिधि निर्वाचित भएर आएपछि पहिलो पटक लोक दोहोरी गीतको विमोचन गरेका हुन् । उनले ‘म त हजुर गाम्ले’ गीतले किसानको यथार्थ पीडा समेटेको बताए ।
लोक दोहोरी नेपालीको जीवनसँग गाँसिएको संस्कृति भएको उनको भनाइ छ । तर, त्यही गीतसंगीतमा लागेर जीवन जिउने आधार भने बन्न नसकेको उनी बताउँछन् । ‘राज्यले गीतसंगीतमा लागेका कलाकारलाई नजिकबाट नियाल्न सकिरहेको छैन,’ मेयर गुरुङ भन्छन्, ‘श्वर हुदाँसम्म सबै हाइहाइ हुन्छन् । अन्तिम अवस्थामा कोही न कोही । त्यतिबेला राज्यले ध्यान दिनुपर्छ ।’
उपमेयर रसाइँलीले कलाकारलाई मैनबत्तीको संज्ञा दिइन् । उनले भनिन्, ‘कलाकारले आफू रोएर पनि अरुलाई हसाउनुहुन्छ । मैनबत्ती जस्तै आफु सकिएर अरुलाई उज्यालो दिनुहुन्छ ।’ उनले लोकगीतमा पछिल्लो समय विकृति भित्रिएको टिप्पणी गरिन् । उनले भनिन्, ‘परिवारसंग बसेर हेर्न र सुन्न सकिँदैन । संस्कृतिलाइ जोगाउन आवश्यक छ ।’
गायक पन्तको शब्द र लय रहेको गीतमा गायिका सुनिता बुढा क्षेत्रीले शंकरलाई स्वरमा साथ दिएकी छन् । शुक्लागण्डकी नगरपालिकाले संस्कृति प्रर्बद्धनका लागी विनियोजन गरेको बजेटबाट गीतको अडियोसंगै म्युजिक भिडियो निर्माण गरिएको हो । शुक्लागण्डकी आसपासमा कैद गरिएको म्युजिक भिडियोमा गायक शंकर पन्तसंगै अनु पराजुलीले अभिनय गरेका छन् । मौसम हिमाली भिडियोका निर्देशक हुन् । करन चैसिरले क्यामेरामा कैद गरेका दृश्यलाई प्रविण भट्टले सम्पादन गरेका छन् ।
गीतमा निम्न वर्गीय किसानका पिडालाई समेटेको गायक पन्त बताउँछन् । ‘मेहनत गर्ने किसानले भन्दा विचौलियाले मनग्य आम्दानी गर्छन् । देखेको र भोगेको तीनै किसानको पिडालाई गीतले बोलेको छ’, उनले भने । युट्युबमा भ्युज बटुल्ने भन्दा पनि जिवन्त रहने सिर्जना दर्शक श्रोतामाझ पस्किएको पन्तले दाबी गरे ।

छुटाउनुभयो कि?

पर्वतको मुडिकुवामा पहिरोले घर पुरिँदा एक बालिकाको मृत्यु

पर्वत,२९ भदौ - पर्वतको फलेवास नगरपालिका वडा नं. ४ मुडिकुवा स्थित शिर्शुवामा पहिरोले घर पुरिँदा एक बालिको मृत्यु भएको छ ।स्थानीय नबिन विकको घर...

शिव अखेलिको शब्दमा ! सम्झना र बिक्रमको आवाजमा के छ का खबर?(भिडियो सहित)

काठमाण्डाै,१४ पौष -लोकप्रिय गायिका सम्झना लामिछाने मगरको आवाज रहेको निकै उत्कृष्ट गीत के छ का खबर सार्वजनिक भएको छ ।सम्झनालाई आवाजमा विक्रम रानाले साथ...

३ वर्षिया बालिकालाई जवरजस्ती गरेको आरोपमा पर्वतको रानीपानी बाट एक जना पक्राउ

पर्वत ,२७ कात्तिक–  पर्वतको विहादी गाउँपालिका वडा नं. ३ रानीपानीकी ३ वर्षिया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा...

बागलुङमा एक बर्षिया बालिका सहित ,आठ जनामा कोरोना संक्रमण पुष्टि

बागलुङ, ११ भदौ–बागलुङमा समुदायका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको बागलुङ नगरपालिकाका ७ जना र काठेखोला गाउँपालिकाका एक जनामा कोरोना संक्रमण...

देशको समृद्धिको आधार नै पर्यटन हो,सरकार लगानी गर्न आतुर छ : मन्त्री लम्साल

बागलुङ, २३ मंसिर– गण्डकी प्रदेशका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री बिकास लम्सालले गण्डकी सरकारले पर्यटनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् । मंगलवार बागलुङ...