गृह पृष्ठ मेलापत पर्वतको मोदीमा उद्घोषण, भाषणकला, क्षमता विकास तथा आधारभुत पत्रकारिता तालिम सुरु

पर्वतको मोदीमा उद्घोषण, भाषणकला, क्षमता विकास तथा आधारभुत पत्रकारिता तालिम सुरु

पर्वत ,पर्वतको मोदी गाउँपालिकामा ७ दिने उद्घोषण, भाषणकला, क्षमता विकास तथा आधारभुत पत्रकारिता तालिम सुरु भएको छ । मोदी गाउँपालिकाको आयोजना तथा मोदी दलित दलित संजालको समन्वयमा उक्त तालिम आजबाट सुरु भएको हो । तालिम उद्घाटन समारोहमा बोल्दै मोदी गाउँपालिकाका अध्यक्ष प्रेम शर्मा पौडेलले दलित सशक्तीकरणका लागि पालिकाले उल्लेखनीय कार्य गरेको बताउनुभएको छ । दलितको उत्थान र उनिहरुको चेतना तथा क्षमता विकासका लागि पालिकाले उक्त तालिम आयोजना गरेको बताउदै सहभागीहरुलाई सिकाइमा जोड दिदै सिकेका कुरा व्यवहारमा उतार्न अनुरोध गर्नुभयो । दलित जातिको पुख्र्यौली पेशा अन्य जातिले अवलम्बन गरेको बताउदै त्यस्ता पेशाहरुको संरक्षण र प्रबर्द्धनमा दलित संजालले चासो दिनुपर्ने पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो ” परियार जातिको सिलाउने तथा बाजा बजाउने पेशा अन्य गैरदलितले गर्न थाले, विश्वकर्मा, नेपाली लगायतका जातिले गर्दै आएका पुर्खेउली पेशा अन्य जातिले अवलम्बन गरेका छन् ।” समाजका हरेक कार्यमा दलितहरुको अहम् भुमिका रहेको उहाँको भनाइ थियो । जातीय विभेदरहित समाज निर्माणका लागि आफ्नो भरपुर प्रयास रहेको अध्यक्ष पौडेलले बताउनुभयो । दलितको लागि छुट्टाएको रकम पारदर्शी रुपमा सहि सदुपयोग गर्दै प्रभावकारी,फलदायी कार्य संचालन गर्न दलित संजाललाई पौडेलले आग्रह गर्नुभयो ।उपाध्यक्ष सेती महतले दलितको चेतनाको विकास संगै नेतृत्व र व्यक्तित्व विकासमा तालिमले मद्दत पुर्याउने बताउनुभयो । महिला तथा दलित सशक्तीकरणका लागि महिला तथा दलित लक्षित कार्य संचालन गरिएको उहाँले बताउनुभयो ।प्रमुख प्रशासकीय अधिकृत किसान बहादुर क्षेत्रीले उक्त तालिमले बोल्ने कला सर्वोत्कृष्ट कला भएको बताउदै सूचना र अभिव्यक्तिका लागि बोल्ने कलाको विकास गर्नुपर्नेमा जोड दिनुभयो । तालिममा सिकेका कुराहरु व्यवहारमा उतार्दै समाजमा सकारात्मक सन्देश प्रवाह गर्न सहभागीहरुलाई आग्रह गर्नुभयो ।कार्यक्रममा कार्यपालिका सदस्य लक्ष्मी रामदाम लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । तालिममा मोदी गाउँपालिकाका करिब २० जना दलित युवायुवतीहरुको सहभागीता रहेको छ । चैत १९ देखि २५ गतेसम्म ७ दिन संचालन हुने तालिममा अहिंसावादी रेडियो पर्वतका कार्यक्रम संयोजक तथा स्वतन्त्र पोस्ट अनलाइन पत्रिकाका प्रधान सम्पादक लक्ष्मण विश्वकर्मा र रेडियो कुसुमका कार्यक्रम संयोजक तथा स्वतन्त्र पोस्ट अनलाइन पत्रिकाका सम्पादक दिपेश विश्वकर्माले सहजीकरण गर्नुहुनेछ । मोदी गाउँपालिकाका अध्यक्ष प्रेम शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा मोदी दलित संजालका अध्यक्ष चन्द रामदामको स्वागत मन्तव्य र कार्यक्रमको संचालन संजालकि सचिव सीता बिकले गर्नुभएको थियोे ।

छुटाउनुभयो कि?

पर्वतको मुडिकुवामा पहिरोले घर पुरिँदा एक बालिकाको मृत्यु

पर्वत,२९ भदौ - पर्वतको फलेवास नगरपालिका वडा नं. ४ मुडिकुवा स्थित शिर्शुवामा पहिरोले घर पुरिँदा एक बालिको मृत्यु भएको छ ।स्थानीय नबिन विकको घर...

शिव अखेलिको शब्दमा ! सम्झना र बिक्रमको आवाजमा के छ का खबर?(भिडियो सहित)

काठमाण्डाै,१४ पौष -लोकप्रिय गायिका सम्झना लामिछाने मगरको आवाज रहेको निकै उत्कृष्ट गीत के छ का खबर सार्वजनिक भएको छ ।सम्झनालाई आवाजमा विक्रम रानाले साथ...

३ वर्षिया बालिकालाई जवरजस्ती गरेको आरोपमा पर्वतको रानीपानी बाट एक जना पक्राउ

पर्वत ,२७ कात्तिक–  पर्वतको विहादी गाउँपालिका वडा नं. ३ रानीपानीकी ३ वर्षिया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा...

बागलुङमा एक बर्षिया बालिका सहित ,आठ जनामा कोरोना संक्रमण पुष्टि

बागलुङ, ११ भदौ–बागलुङमा समुदायका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको बागलुङ नगरपालिकाका ७ जना र काठेखोला गाउँपालिकाका एक जनामा कोरोना संक्रमण...

देशको समृद्धिको आधार नै पर्यटन हो,सरकार लगानी गर्न आतुर छ : मन्त्री लम्साल

बागलुङ, २३ मंसिर– गण्डकी प्रदेशका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री बिकास लम्सालले गण्डकी सरकारले पर्यटनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् । मंगलवार बागलुङ...