गृह पृष्ठ मेलापत राष्ट्रपति भण्डारीको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

राष्ट्रपति भण्डारीको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

काठमाण्डाै,३ चैत्र -राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सर्वदलीय बैठक बोलाउनुभएको छ ।

उहाँले दिउँसो चार बजेका लागि सर्वदलीय बैठक आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि राष्ट्रपतिले दलका प्रमुख नेता र पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गर्न लाग्नुभएको हो ।

दलहरूबीच बढ्दै गइरहेको असन्तुष्टि, सत्तारुढ दल एमाले विभाजन उन्मुख भएको अवस्था र सत्ता समीकरण सङ्घर्षकाबीच बस्न लागेको यो बैठकलाई महत्त्वकासाथ हेरिएको छ । पूर्वप्रधानमन्त्रीसहित सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेतालाई बैठकमा बोलाइएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो ।

बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई बोलाइएको छ । गएको पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि राजनीतिक दलबीच तिक्तता बढेको थियो ।

त्यस्तै गएको फागुन २३ गते सर्वोच्च अदालतले नेकपालाई एकीकरणअघिकै अवस्थामा पुर्याइदिएपछि वर्तमान सरकारको भविष्य अन्योलमा परेको छ

छुटाउनुभयो कि?

पर्वतको मुडिकुवामा पहिरोले घर पुरिँदा एक बालिकाको मृत्यु

पर्वत,२९ भदौ - पर्वतको फलेवास नगरपालिका वडा नं. ४ मुडिकुवा स्थित शिर्शुवामा पहिरोले घर पुरिँदा एक बालिको मृत्यु भएको छ ।स्थानीय नबिन विकको घर...

शिव अखेलिको शब्दमा ! सम्झना र बिक्रमको आवाजमा के छ का खबर?(भिडियो सहित)

काठमाण्डाै,१४ पौष -लोकप्रिय गायिका सम्झना लामिछाने मगरको आवाज रहेको निकै उत्कृष्ट गीत के छ का खबर सार्वजनिक भएको छ ।सम्झनालाई आवाजमा विक्रम रानाले साथ...

३ वर्षिया बालिकालाई जवरजस्ती गरेको आरोपमा पर्वतको रानीपानी बाट एक जना पक्राउ

पर्वत ,२७ कात्तिक–  पर्वतको विहादी गाउँपालिका वडा नं. ३ रानीपानीकी ३ वर्षिया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा...

बागलुङमा एक बर्षिया बालिका सहित ,आठ जनामा कोरोना संक्रमण पुष्टि

बागलुङ, ११ भदौ–बागलुङमा समुदायका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको बागलुङ नगरपालिकाका ७ जना र काठेखोला गाउँपालिकाका एक जनामा कोरोना संक्रमण...

देशको समृद्धिको आधार नै पर्यटन हो,सरकार लगानी गर्न आतुर छ : मन्त्री लम्साल

बागलुङ, २३ मंसिर– गण्डकी प्रदेशका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री बिकास लम्सालले गण्डकी सरकारले पर्यटनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् । मंगलवार बागलुङ...