गृह पृष्ठ प्रवास पर्बतका मनकारी पुरन गिरी : छोराको जन्मदिनमा मन्दिरलाई सहयोग

पर्बतका मनकारी पुरन गिरी : छोराको जन्मदिनमा मन्दिरलाई सहयोग

पर्वत,२९ फागुन–अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष,अनरी काउन्सिल सदस्य एनआरएनए ,एनआरएनए यूकेका सल्लाहकार एवम् शिव मन्दिर अल्डरसटका ट्रष्टी पुरन गिरी र श्रीमती कुमारी गिरीका सुपुत्र पुकास गिरीको जन्मदिनको अवसरमा पारेर शिव मन्दिरलाई थप ३५ सय पाउण्ड आर्थिक सहयोग गर्नुभएको छ ।

मन्दिर स्थापनाका लागि गिरीले छोराकै जन्मदिनको अवसर पारेर तीन हजार पाँच सय पाउण्ड सहयोग गर्नुभएको थियो । यस अघि नै मन्दिर निर्माणका लागि गिरीले ७ हजार पाउण्ड सहयोग गरिसक्नुभएको छ । अहिलेसम्म मन्दिर निर्माणका लागि १० हजार पाँच सय गरिएको उक्त पाउण्ड नेपालीमा लगभग १७ लाख रुपैयाँ पुग्न जान्छ ।

हाल यूकेमा रहनुभएका गिरीले शिवरात्री र आफ्नो छोराको जन्मदिन पारेर मन्दिरलाई आर्थिक सहयोग गर्नुभएको हो । शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर अल्डरसट अवस्थित मन्दिरको निर्माण कार्यमा सहयोग पु¥याउने उद्देश्यले सहयोग गरेको पुरन गिरीले जानकारी दिनुभयो । छोरोलाई धर्मकर्म सँगै सहयोग गर्नुपर्छ भन्ने भावना जागृत होस् भनेर मन्दिरलाई सहयोग गरेको गिरीले बताउनु भयो । ‘शिवजीको विशेष दिनमा बावु (छोरा) को जन्मदिन परेको छ । जन्मदिनमा भोजभतेर गरेर खर्च गर्नुभन्दा धार्मिक कार्यमा सहयोग गर्न पाउनु मानविय गुण हो ।’–गिरीले भन्नुभयो ।

अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष समेत रहेका गिरीले समाजको माध्यमवाट पर्वत जिल्लाको समृद्धि र विकासमा काम गदै आउनु भएको छ । उहाँले नेतृत्व गरेको अन्तराष्ट्रिय पर्वत समाज अहिले अन्तराष्ट्रियस्तरमै छुट्टै पहिचान बनाउन सफल भएको छ । समाजले कोरोनाको समयमा पर्वत जिल्ला भित्र र बाहिर रहेका पर्वेतेलीको लागि उल्लेखनिय काम गरेको भन्दै जिल्लामा चर्चापरिचर्चा हुने गर्दछ ।
बेलायतकै सफल व्यवसाय समेत रहनु भएका गिरी विगत २० बर्षदेखी यूकेमा व्यवसाय गदै आउनु भएको छ । उनको स्थायी घर कुश्मा बजारमा हो । मन्दिर परिवारले निर्माण कार्यमा सहयोग गरेकोमा पुकास लाई जन्मदिनको शुभकामना दिँदै गिरी परिवारलाई कृतज्ञाता व्यक्त गरेको छ ।मन्दिर निर्माण कार्यमा गिरीको निस्वार्थ सहयोगका लागि शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर अल्डरसटले आभार व्यक्त गरेको छ । कम्युनिटीको शिव मन्दिर निर्माण कार्य करिब ९४ प्रतिशत सकिइसकेको छ ।युरोपकै पहिलो नेपाली प्यागोडा शैलीको शिव मन्दिरमा यही हप्ताको शुरुमा नेपाली कलात्मक गजुर राखिएको छ ।

छुटाउनुभयो कि?

पर्वतको मुडिकुवामा पहिरोले घर पुरिँदा एक बालिकाको मृत्यु

पर्वत,२९ भदौ - पर्वतको फलेवास नगरपालिका वडा नं. ४ मुडिकुवा स्थित शिर्शुवामा पहिरोले घर पुरिँदा एक बालिको मृत्यु भएको छ ।स्थानीय नबिन विकको घर...

शिव अखेलिको शब्दमा ! सम्झना र बिक्रमको आवाजमा के छ का खबर?(भिडियो सहित)

काठमाण्डाै,१४ पौष -लोकप्रिय गायिका सम्झना लामिछाने मगरको आवाज रहेको निकै उत्कृष्ट गीत के छ का खबर सार्वजनिक भएको छ ।सम्झनालाई आवाजमा विक्रम रानाले साथ...

३ वर्षिया बालिकालाई जवरजस्ती गरेको आरोपमा पर्वतको रानीपानी बाट एक जना पक्राउ

पर्वत ,२७ कात्तिक–  पर्वतको विहादी गाउँपालिका वडा नं. ३ रानीपानीकी ३ वर्षिया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा...

बागलुङमा एक बर्षिया बालिका सहित ,आठ जनामा कोरोना संक्रमण पुष्टि

बागलुङ, ११ भदौ–बागलुङमा समुदायका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको बागलुङ नगरपालिकाका ७ जना र काठेखोला गाउँपालिकाका एक जनामा कोरोना संक्रमण...

देशको समृद्धिको आधार नै पर्यटन हो,सरकार लगानी गर्न आतुर छ : मन्त्री लम्साल

बागलुङ, २३ मंसिर– गण्डकी प्रदेशका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री बिकास लम्सालले गण्डकी सरकारले पर्यटनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् । मंगलवार बागलुङ...