#
गृह पृष्ठ विजनेश पर्वत उवा संघमा कांग्रेस समर्थित व्यवसायीको प्यानल!चुनाब आफ्नो पक्षले जित्ने दाबि !

पर्वत उवा संघमा कांग्रेस समर्थित व्यवसायीको प्यानल!चुनाब आफ्नो पक्षले जित्ने दाबि !

पर्वत, २८ फागुन– पर्वत उद्योग वाणिज्य संघको आसन्न चुनावको लागि नेपाली कांग्रेस समर्थित व्यवसायीहरुले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् । आउँदो चैत ७ गते आयोजना हुने १७ औँ अधिवेशनअन्तर्गतको निर्वाचन भाग लिने सो समूहको नेतृत्व शिव शर्मा पौडेलले गरेका छन् ।
सदरमुकाम कुस्मा बजारसहित जिल्लाका अन्य ठाउँका उद्योगी तथा व्यवसायीहरुलाई समेटेर ‘संस्थामा सुशासन ः व्यवसायमा आधुनिकीकरण’ भन्ने नारा तय गरिएको छ । लामो घोषणापत्रसहित चुनावमा होमिएको सो समूहको तर्फबाट महिला सदस्यको लागि अनिता मल्ल केसी र पशुपति कार्की शर्मा (पूजा) तथा सदस्य पदका उम्मेदवारमा मानसिंह भण्डारी, दिपेन्द्र गिरी, नवराज भण्डारी, सुवर्ण अर्याल, कृष्णप्रसाद शर्मा, शम्भु जोशी, योगराज गिरी (बद्री), रामु शर्मा, शिव श्रेष्ठ, लक्ष्मण शर्मा, लोकनाथ अधिकारी, राजकुमार बस्नेत, विनोद आचार्य, शिवराज शर्मा, श्रीप्रसाद पौडेल, दिनेश श्रेष्ठ, राजु शर्मा, गणेश पौडेल टुआरजी, विज्ञानबम मल्ल र मोहन आचार्य रहेका छन् । उम्मेद्वारहरुलाई नेपाली कांग्रेस उद्योग वाणिज्य विभागका केन्द्रीय सदस्य विप्लव हमालले सार्वजनिक गरेका थिए । कार्यक्रमा बोल्दै प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुप्रसाद जोशीले लोकतन्त्रवादीहरुले नतिजेसम्म खुल्ला बजार नहुने र खुल्ला बजार नभएसम्म उद्योग, व्यापार र व्यवसायको प्रबद्र्धन हुन नसक्ने बताए । पर्वत उद्योग वाणिज्य संघ सहित देशैभरको अवस्था हेर्दा उद्योग तथा वाणिज्यको क्षेत्र राज्य नियन्त्रित हुँदा व्यपारीहरुले खुलेर व्यापार गर्न नपाएको उनको भनाई छ । पर्वत सदरमुकाम कुस्मा बजारमा ८÷१० वर्ष देखि राम्रै व्यवसाय गरिरहेकाहरु समेत विस्थापित हुनु दुःखद भएको बताउँदै आउँदा दिनमा त्यस्तो अवस्था आउन नदिन यो टिमले काम गर्ने उनले बताए । कार्यक्रममा बोल्दै गण्डकी प्रदेशसभा सदस्य ललितकला गुरुङ, नेपाली कांग्रेस पर्वतका उपसभापति दुर्गाबहादुर खत्री क्षेत्री कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी, जलजला गाउँपालिकाका प्रमुख यामबहादुर मल्ल (रामकृष्ण), पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारीलगायतले व्यापारीहरुको साख बचाउँदै उनीहरुलाई सुरक्षित राख्नको लागि आज घोषणा भएका उम्मेद्वारहरु स्वच्छ र जिम्मेवार रहेकाले सबैले उनीहरुलाई मतदान दिन अपिल गरे । उद्योग वाणिज्य संघको सन्दर्भ राजनीतिक दलमा समेत जोडिने भएकाले यस पटकको निर्वाचनमा अन्तरघात गरेको थाहा पाएमा पार्टीगत कारबाही समेत हुने उनीहरुको भनाई छ ।
पर्वत उद्योग वाणिज्य संघ अन्तर्गत जलजला उपशाखाका अध्यक्ष चित्रराज रेग्मीले स्वागत मन्तब्य राखेको कार्यक्रको अध्यक्षता पर्वत उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष हरिप्रसाद आचार्यले गरेका थिए । कार्यक्रमको सञ्चालन सदस्य पदका उम्मेदवार युवा व्यवसायी मोहन आचार्यले गरेका थिए ।

छुटाउनुभयो कि?

कालीगण्डकी करिडोरमा सुख्खा पहिरो गयो, ५ मजदुरको मृत्यु

कावासोती ,२०  कात्तिक -नवलपुरको  बुलिङ्टार गाउँपालिकामा सुख्खा पहिरोमा पुरिएका पाँच जनाको मृत्यु भएको छ । कालीगण्डकी करिडोरको नवलपुर खण्डमा कार्यरत पाँच जना मजदुरहरुको पहिरोमा...

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

पर्वतको मुडिकुवामा पहिरोले घर पुरिँदा एक बालिकाको मृत्यु

पर्वत,२९ भदौ - पर्वतको फलेवास नगरपालिका वडा नं. ४ मुडिकुवा स्थित शिर्शुवामा पहिरोले घर पुरिँदा एक बालिको मृत्यु भएको छ ।स्थानीय नबिन विकको घर...

अपडेट : गाडी टुक्रा टुक्रा अवस्थामा भेटियो। एक जनाको शव भेटियो,दुई जनाको पहिचान खुल्यो।

पर्वत-बाग्लुङबाट पोखरा सवार टाटा सुमो जीप पर्वतको कुश्मा स्थित तमादीखोलाले बगाउँदा बेपत्ता भएका तीन जनामध्ये घटनामा परेका दुई जनाको नाम खुलेको छ । कास्की नौडाँडाका विजय...

अनलाइन कक्षाका लागि “वाईफाई” खोज्दा! अमलाचौरमा गाउँभरी फैलियो कोरोना

बागलुङ– कोरोना महामारीको त्रासका कारण बैशाख यता विद्यालय खुलेका छैनन् । बागलुङका केही विद्यालयले वैकल्पिक माध्यामको प्रयोग गरेर पठनपाठन गराईरहेका छन् । केही विद्यालय...