गृह पृष्ठ विजनेश ढुवानी व्यवसायी महासंघको ५ औं महाधिवेशन सम्पन्न,महासचिवमा पर्बतका श्रेष्ठ निर्वाचित

ढुवानी व्यवसायी महासंघको ५ औं महाधिवेशन सम्पन्न,महासचिवमा पर्बतका श्रेष्ठ निर्वाचित

चितवन ,१५ मंसिर–ढुवानी व्यवसायी महासंघ नेपालको केन्द्रीय अध्यक्षमा विश्वनाथ खनाल दोस्रो कार्यकालका लागि निर्वाचित हुनु भएको छ  । चितवनको सौराहामा भएको ५ औं  महाधिवेशन तथा १२औं साधारण सभाबाट खनाल पुन निर्वाचित हुनु भएको हो ।निकटतम प्रतिद्धन्द्धी विराटनगरका विनोद सिंहलाई ४ मतले पराजित गरि खनाल अध्यक्षमा  विजयी भएको प्रमुख निर्वाचन अधिकृत अधिवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनु भयो  । कूल खसेको ६० मत मध्ये खनालले ३२ मत ल्याएर विजय हुनु भएको हो ।

महासंघको केन्द्रीय अध्यक्षमा दोस्रो पटक निर्वाचित हुनु भएका खनाल ट्रान्सपोर्ट एशोसिएसन वीरगन्जका पूर्व अध्यक्ष हुन् । यसैगरि वरिष्ठ उपाध्यक्षमा अच्युतराज खनाल, क्षेत्रगत उपाध्यक्षमा ध्रुव दाहाल खत्री, केशव गिरी, खेम जंग बस्नेत र प्रदिप अर्याल निर्वाचित भएका छन् ।महासचिवमा पर्बतका युवा ब्यबसायी एबम युबा समाजसेवि अरुण कुमार श्रेष्ठ निर्वाचित हुनु भएको हो । सचिवमा पुष्पराज श्रेष्ठ र कोषाध्यक्षमा राजेन्द्र प्रसाद गुप्ता निर्वाचित भएको निर्वाचन अधिकृत श्रेष्ठले बताउनु भयो ।पांचजना केन्द्रिय सदस्यमा कृष्ण राज पौडेल, सुशिल पौडेल, श्याम प्रसाई, धर्मराज पोख्रेल र टेकराज पोख्रेल विजयी भएका छन् ।

छुटाउनुभयो कि?

पर्वतको मुडिकुवामा पहिरोले घर पुरिँदा एक बालिकाको मृत्यु

पर्वत,२९ भदौ - पर्वतको फलेवास नगरपालिका वडा नं. ४ मुडिकुवा स्थित शिर्शुवामा पहिरोले घर पुरिँदा एक बालिको मृत्यु भएको छ ।स्थानीय नबिन विकको घर...

शिव अखेलिको शब्दमा ! सम्झना र बिक्रमको आवाजमा के छ का खबर?(भिडियो सहित)

काठमाण्डाै,१४ पौष -लोकप्रिय गायिका सम्झना लामिछाने मगरको आवाज रहेको निकै उत्कृष्ट गीत के छ का खबर सार्वजनिक भएको छ ।सम्झनालाई आवाजमा विक्रम रानाले साथ...

३ वर्षिया बालिकालाई जवरजस्ती गरेको आरोपमा पर्वतको रानीपानी बाट एक जना पक्राउ

पर्वत ,२७ कात्तिक–  पर्वतको विहादी गाउँपालिका वडा नं. ३ रानीपानीकी ३ वर्षिया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा...

बागलुङमा एक बर्षिया बालिका सहित ,आठ जनामा कोरोना संक्रमण पुष्टि

बागलुङ, ११ भदौ–बागलुङमा समुदायका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको बागलुङ नगरपालिकाका ७ जना र काठेखोला गाउँपालिकाका एक जनामा कोरोना संक्रमण...

देशको समृद्धिको आधार नै पर्यटन हो,सरकार लगानी गर्न आतुर छ : मन्त्री लम्साल

बागलुङ, २३ मंसिर– गण्डकी प्रदेशका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री बिकास लम्सालले गण्डकी सरकारले पर्यटनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् । मंगलवार बागलुङ...