गृह पृष्ठ विजनेश उद्याेग वाणिज्य महासङ्घको चुनाव मङ्सिर ११ र १२ गते काठमाण्डौमा हुने

उद्याेग वाणिज्य महासङ्घको चुनाव मङ्सिर ११ र १२ गते काठमाण्डौमा हुने

काठमाडौं,१६ असोज- नेपाल उद्योग वाणिज्य महासङ्घको ५४ औँ वार्षिक साधारण सभा तथा निर्वाचन आउँदाे मङ्सिर ११ र १२ गते काठमाण्डौमा हुने भएको छ । गएकाे चैतमा हुनुपर्ने चुनाव कोभिड–१९ का कारणबाट तीन–तीन पटकसम्म मिति तोकेर पनि हुन सकेको थिएन ।महासङ्घको बिहीबार बसेको कार्यकारिणी समितिको बैठकले ५४ औँ वार्षिक साधारण सभा तथा चुनावकाे मिति तोकेको हो । ‘आज बसेको कार्यसमितिको बैठकले महासङ्घको साधारण सभा तथा निर्वाचन आगामि मङ्सिर ११ र १२ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ । ठाउँको हकमा प्रज्ञा भवन तथा राष्ट्रिय सभा गृहमा महासङ्घको सचिवालयले कुरा गरिरहेको छ । ठूलो र खुला ठाउँ आवश्यक पर्ने भएकोले चुनाव समिति र महासङ्घको सचिवालयले अध्यक्षज्यूसँग सरसल्लाह गरी ठाउँ निश्चित गर्नेछ’,  महासङ्घका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बताउनुभयो ।यसअघि बसेको महासङ्घको कार्यकारिणी समितिले साधारण सभा तथा चुनावसम्बन्धी सुझाव दिनका लागि ६ सदस्यीय छुट्टै कार्यदल बनाएको थियो । त्याे कार्यदलले महासङ्घको साधारण सभा भर्चुअल्ली र चुनावका कार्यक्रमहरु काठमाण्डाैमा गर्नका लागि सिफारिस गरेको थियो । त्यसपछि बसेको पदाधिकारीको बैठकले मङ्सिर ११ र १२ लाई साधारण सभा तथा चुनावकाे मिति सिफारिस गरी नेपाल सरकारबाट समेत अनुमति लिइसकेको छ । महासङ्घको ५४ औँ वार्षिक साधारण सभा तथा चुनाव २०७६ साल चैत २८ र २९ गते तोकिएकोमा त्यस समयमा सरकारले काेभिड–१९ का कारण देश पूर्णरुपमा लकडाउन हुँदा मिति सरेकाे थियाे । पछि जेठ ७ र ८ गते र साउन २६ र २७ गतेका लागि मिति तोकिएको थियो । तर देशमा लगाइएकाे लकडाउन तथा निषेधाज्ञाकाे कारण तय हुन सकेकाे थिएन ।

छुटाउनुभयो कि?

पर्वतको मुडिकुवामा पहिरोले घर पुरिँदा एक बालिकाको मृत्यु

पर्वत,२९ भदौ - पर्वतको फलेवास नगरपालिका वडा नं. ४ मुडिकुवा स्थित शिर्शुवामा पहिरोले घर पुरिँदा एक बालिको मृत्यु भएको छ ।स्थानीय नबिन विकको घर...

शिव अखेलिको शब्दमा ! सम्झना र बिक्रमको आवाजमा के छ का खबर?(भिडियो सहित)

काठमाण्डाै,१४ पौष -लोकप्रिय गायिका सम्झना लामिछाने मगरको आवाज रहेको निकै उत्कृष्ट गीत के छ का खबर सार्वजनिक भएको छ ।सम्झनालाई आवाजमा विक्रम रानाले साथ...

३ वर्षिया बालिकालाई जवरजस्ती गरेको आरोपमा पर्वतको रानीपानी बाट एक जना पक्राउ

पर्वत ,२७ कात्तिक–  पर्वतको विहादी गाउँपालिका वडा नं. ३ रानीपानीकी ३ वर्षिया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा...

बागलुङमा एक बर्षिया बालिका सहित ,आठ जनामा कोरोना संक्रमण पुष्टि

बागलुङ, ११ भदौ–बागलुङमा समुदायका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको बागलुङ नगरपालिकाका ७ जना र काठेखोला गाउँपालिकाका एक जनामा कोरोना संक्रमण...

देशको समृद्धिको आधार नै पर्यटन हो,सरकार लगानी गर्न आतुर छ : मन्त्री लम्साल

बागलुङ, २३ मंसिर– गण्डकी प्रदेशका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री बिकास लम्सालले गण्डकी सरकारले पर्यटनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् । मंगलवार बागलुङ...